सूर्यतारा खेल महोत्सवकाे तयारी तिब्र, फुटबलको उपाधि राशी ४ लाख ४ हजार ४ सय ४४ रुपैयाँ

महोत्सवमा फागुन २४ देखि चैत्र २ गतेसम्म

पाेखरा | फागुन २०, २०८१

सूर्यतारा खेल महोत्सवकाे तयारी तिब्र, फुटबलको उपाधि राशी ४ लाख ४ हजार ४ सय ४४ रुपैयाँ

पोखरा महानगरपालिका २९ स्थित भण्डारढिक खेलमैदानमा आयोजना हुने दोस्रो संस्करणको सूर्यतारा खेल महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।

 

यही २४ गतेदेखि चैत्र २ गतेसम्म सूर्यतारा क्लब पोखराको आयोजनामा हुने उक्त प्रतियोगिता तयारी अन्तिम चरणमा पुगेको कार्यक्रम संयोजक विष्णु पुनले जानकारी दिए ।

 

उनका अनुसार उक्त महोत्सवमा मुख्य आकर्षणको रुपमा नेकोस कप खुला पुरुष फुटबल प्रतियोगिता समावेश गरिएको छ ।

 

उक्त प्रतियोगिताको उपाधि राशी नगद रु ४ लाख ४ हजार ४ सय ४४ रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र निर्धारण गरिएको उनले बताए । 

 

यस्तै प्रतियोगिताको उपविजेतालाई नगद रु २ लाख २ हजार २ सय २२ रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ । 

 


 

विधागततर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको संयोजक पुनले जानकारी दिए ।

 

प्रतियोगितामा बढीमा १२ वटा टिमलाई सहभागिता गराइने उनले बताए । 

 

उक्त खेल महोत्सवमा खुला सामूहिक लोकनृत्य प्रतियोगिता, खुला महिला स्लो स्कुटर रेस, राष्ट्रिय खुला महिला डोरीतान प्रतियोगिता, खुला टेबल टेनिस प्रतियोगिता, एथ्लेटिक्स प्रतियोगिता र जातीय संघसंस्था स्तरीय झाँकी प्रदर्शनी प्रतियोगिता सञ्चालन गरिने संयोजक पुनले बताए ।

 

कार्यक्रममा मुख्य प्रायोजकका रुपमा कर्माचार्य बेक्स एण्ड फुड्स प्रालि र सहप्रायोजकका रुपमा बन्दिपुर केवलकार प्रालि रहेको छ ।

 

उक्त कार्यक्रमको उद्घाटन सभामुख देवराज घिमिरेले र समापन सञ्चार तथा सूचना प्रविधीमन्त्री पृथ्वीसुब्बा गुरुङले गर्ने आयोजकले जनाएको छ ।

 


 

पोखरा ।    कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ ।   नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

थप पढ्नुहोस्

कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् ।   मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् ।   ...

थप पढ्नुहोस्

कास्की — पोखरा लोकदोहोरी रेस्टुरेन्ट व्यवसायी संघ कास्कीको नेतृत्वमा तेस्रो पटक जिवन गुरुङ निर्वाचित भएका छन् ।   पोखरामा आज (आइतबार) भएको चौथो अधिवेशनबाट २ वर्षे कार्यकालका लागि जीवन गुरुङको...

थप पढ्नुहोस्